काठमाडौंमा धार्मिक नेता दलाई लामाको ९१ औं जन्मदिन मनाइएको छ । काठमाडौंमा रहेका तिब्बतीमूलका नेपाली र तिब्बती शरणार्थीले एक विशेष पूजाको कार्यक्रम गरेर धार्मिक नेता दलाई लामाको ९१ औं जन्मदिन मनाएका हुन् । तिब्बती समुदायले आफ्नो परम्पराअनुसार धार्मिक नेता दलाईको दीर्घायुको कामना गर्दै बाजागाजा सहित झाँकी निकालेका थिए।
पूजा कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । तिब्बतबाट निर्वासित धार्मिक नेता लामा सोमवारबाट ९१ वर्ष पुगेका छन् । यस अगि धेरै जसो कार्यक्रममा प्रशासनले हस्तक्षप गर्ने गरेको पनि थियो।

